दिनेश शर्मा
सिरहा १९ बैशाख । सप्तरीको महदेवा गाउँपालिका९१ चिमटिमा मङ्गलवार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् । साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घण्टापछि राति १० बजे नियन्त्रणमा लिइएको थियो । कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको रहेको छ