दिनेश शर्मा
सिरहा २७ वैशाख । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।
सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।
बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो ।
घटना बारे थपअनुसन्धान इलाका प्रहरी कार्यलय सप्तरीले गरिरहेको जनाए ।