दिनेश शर्मा
सिरहा । नेपाली काँग्रेस निकट तरुण दल सिरहाका अध्यक्ष अरबिन्द कुमार मण्डलको पहलमा सिरहाको मिर्चैयास्थित भएको आगलागिबाट विस्थापित भएका परिवारलाई हेल्पिन हर्ट नामक सँस्थाले राहत सहयोग गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ८ मझौवा टोलस्थित भएको आगलगिबाट ६ घर जलेर ध्वस्त भएपछि विस्थापित भएको सो पीडित परिवारलाई राहत दिएको हो । आगलागिबाट सबै धनमाल जलेर नष्ट भएपछि अन्यन्त्र वास बाहेक केही नबाँचेको भन्दै हेल्पिन हर्ट नामक समाजिक सँस्थाले विभिन्न समाग्रीहरु राहतको रुपमा उपलब्ध गराएको हो ।
नेपाल तरुण दल सिरहाको विशेष पहलमा सँस्थाले लत्ताकपडा , चामल, दाल, चुरा , नुन, तेल , तरकारी , दालमोठ लगायत अन्य सामाग्री बितरण गरेको हो ।