सिरहा । मिर्चैया नगरपालिका-८ मझौवाका अग्निपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । नेपाली कांग्रेसको पहल र कांग्रेस नेता कपिलदेवको विशेष सहयोगमा मझौवाका अग्निपीडितलाई राहत सामग्री प्रदान गरिएको हो ।
मझौवामा गत बैशाख २४ गते भएको आगलागीबाट ६ घर जलेको थियो । आगलागीपछि अन्नपातसमेत जलेर नष्ट हुँदा उनीहरूको बिचल्ली भएको थियो ।
उनीहरूलाई शुक्रबार चामल, दाल, मुरही, च्युरा, नुनलगायतका सामग्री प्रदान गरिएको छ । राहत पाएपछि पीडितहरूले नेता साह र कांग्रेसप्रति आभार प्रकट गरेका छन् ।
राहत वितरण कार्यक्रममा कांग्रेस नेता एवं मधेश प्रदेशका पूर्वसांसद नरेश कुमार यादव, महासमिति सदस्य अरुण कुमार सिंह, नेता कपिलदेव साह, अशोक साह, प्रमेश पोखरेल, अमित साहलगायत सहभागी थिए ।