दिनेश शर्मा
सिरहा १८ जेष्ठ । सिरहा गोलबजार नगरपालिका ४, गोलबजार स्थित रहेको रा.रा.ता.ज.ब. क्याम्पस ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई विदाई गरिएको छ । क्याम्पसमा शुक्रबार आयोजित एक समारोहका विच शैक्षिक शत्र २०८१ को ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।
क्याम्पसका प्रमुख किशोर साह तथा प्रदीप साह र भगवान र दिनेश यादव र प्रेम सर, श्याम सर अतिथि वरिष्ठ पत्रकार अर्जुन थपलिया उपस्थिति भएको थियोे ।
शुक्रबार आयोजित एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको क्याम्पस प्रमुख किशोर साहले जनाएको छ ।
स्नातक तह तेश्रोका विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा ४ वर्षे स्नातक तह चौथोका विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको क्याम्पस प्रमुख जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुखले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे ।
शिक्षक प्रदीप साहले विद्यार्थीहरु परिक्षामा अनुशासित भइ निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याइ अरु विद्यार्थी भन्दा राम्रो भइ अगाडि बढन आग्रह गरे ।
मयाको चिनो ग्रहण गर्दै ४ वर्षे स्नातक तह चौथोका विद्यार्थीहरुले आफूहरुलाई विदाई गरेकोमा धन्यावाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस रा.रा.ता.ज.ब. क्याम्पस प्रति सदैव माया रहीरहने बताइन् । क्याम्पसको वातावरण राम्रो भएकाले कुनै कठिनाई महशुस नभएको कक्षा ४ वर्षे स्नातक तह चौथोका विद्यार्थीहरुले बताएका छन् ।
कार्यक्रममा ४ वर्षे स्नातक तह चौथोका परीक्षामा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामाना सहित विदाई गरिएको छ ।उक्त अवसरमा विद्यार्थीहरुले गीत तथा समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका सहायक क्याम्पस प्रमुख किशोर साह, शिक्षकहरु प्रदीप साह , दिनेश यादव , भगवान सर , प्रेम सर , स्याम सर , पत्रकार अर्जुन थपलिया लगायतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको सुन्दर भविष्यको कामनासहित मन्तव्य व्यक्त गरे ।
अनिश जगदीशद्वारा संचालित कार्यक्रममा स्वागत चौथोका छात्र दिरज शर्मा गरे थियोे । कार्यक्रममा क्याम्पस शिक्षक लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । क्याम्पस विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक साल बिदाई कार्यक्रम गर्दे आएको छ ।