दिनेश शर्मा
असार १२ गते। सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
सप्तरीको सुरूङ्गा नगरपालिका-११ रामपुर बस्ने ५० वर्षीया उर्मिला देवी थरूनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।