दिनेश शर्मा
सिरहा २७ असार । सिरहाको गोलबजार गुरुधाम देखि AB MALL सम्म बजार क्षेत्र हरेक वर्ष जस्तै आज पनि डुबानमा परेको छ । हरेक वर्ष हुने डुबानको समस्या समाधान नहुँदा स्थानीय समस्यामा पर्दै आएका छन् ।
आज बिहान पनि राजमार्गमा साना गाडी नै डुब्ने पानी जम्मा भयो । पैदलयात्रुले त्यो बाटोमा भएको खाल्डो हुँदै बाटो पार गर्नै सकेनन् । मोटरसाइकल चढेर बाटो पार गर्न खोज्नेहरु भलमै लडे । वरपरका घर–पसल पनि जलमग्न भएका छन् ।
धनुषाको कमला-कञ्चनपुर सडक विस्तार ढिलाईको कारणले गर्दा सडक निर्माणले पानीको निकास रोकिँदा वर्षायाममा पानी घरभित्र पस्ने गरेको सिरहा गोलबजार गंगाराम ठाकुरले बताए । सो सडकखण्डमा खनिएको खाल्डोले हिलाम्य भएपछि गुरुधाम चोक देखि AB mall सम्मको अवस्था यो अवस्थ विगत २ वर्ष देखि यस श्रेत्रका ब्यापारी तथा सेवाग्राही र जनताहरुले सास्ती भोग्नु परेको छ ।
लामो समयदेखि सो खण्डको कामले गति नलिएको हो । पुरानो सडक भत्काएर छोड्दा सडक छेउछाउका बासिन्दालाई हिँड्न र सवारी साधन गुडाउन समस्या भएको गोलबजारको उदय साह गुनासो गरे को छ । झन बर्षयामको बेला हरेक बर्ष गुरुधाम चोक देखि AB mall सम्मको चोक क्षेत्र डुबानमा पर्दछ ।