दिनेश शर्मा
सिरहा ३१ असार । ललितपुरको धापाखेलबाट असार २५ गतेदेखि एक युवक सम्पर्कविहीन भएका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर-३ स्थायी घर भएका २० वर्षीय अरुणकुमार शर्मा ललितपुरको धापाखेलबाट हराएको भन्दै दाजु रविकुमार शर्माले प्रहरीमा उजुरी दिएका छन् ।
असार २५ गते बेलुका साथीलाई भेटेर डेरा फर्किने क्रममा अरुणकुमार हराएका उनको परिवारले जनाएको छ ।
उजुरीका आधारमा प्रहरी वृत्त सातदोबाटोले बाडेगाउँ, इमाडोल, टीकाथली, हरिसिद्धि, धापाखेल, गोदावरी, लाकुरी भञ्ज्याङ प्रभागमा खोजतलासका लागि पत्र पठाए पनि अझै नभेटिएको अरुणका दाजु प्रमोद साहले जनाएका छन् ।