दिनेश शर्मा
साउन २ गते । नवलपुर सदरमुकाम कावासोतीमा छोराले हानेको ढुङ्गाले लागेर बाबुको मृत्यु भएको छ।
कावासोती नगरपालिका –५ ठकुरीचोकका १८ वर्षीय छोरा निराजन कुमालले हानेको ढुङ्गाले लागेर ४३ वर्षीय बाबु प्रेम कुमालको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाउ-छोराको बिबाद हुँदा छोराले बुवाको ढुंगाले हानेर ह*त्या गरेको छ्न ।
पूर्वी नवलपरासीको कावासोती ठकुरीचोकका १८ वर्षीय निराजन कुमालले बुवाको ह*त्या गरेका हुन , प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे हत्या भएको बताएको छ ।