सिरहा, कात्तिक ११ गते। सिरहा जिल्लाको गोलबजार नगरपालिका–चोहर्वामा आज नेपाली कांग्रेसका नेता स्वर्गीय राजकपुर यादवको योगदानको स्मरण गर्दै ८ औं स्मृति दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। नेपाली कांग्रेसका लागि कठोर संघर्ष गर्नु भएका यादवको निधन कात्तिक ११ गते भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवको विशेष उपस्थिति रहेको थियो। साथै, नेपाली कांग्रेस सिरहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादव, जिल्ला नेता मुक्क्तार अहमद र सिरहा तरुण दलका जिल्ला सभापति अरबिन्द मण्डलगायत अन्य नेताहरुको पनि सहभागिता रहेको थियो।
सभामा विशिष्ट व्यक्तित्वहरु, नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति थियो। स्वर्गीय यादवलाई एक समाजवादी चिन्तक, वैचारिक ज्ञानका पुन्ज, तथा बहुआयामिक व्यक्तित्वको रुपमा स्मरण गरिएको थियो। कार्यक्रममा सहभागी सबै महानुभावहरुले यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।