सिरहा । मिर्चैया नगरपालिकाले लिएको आधारभूत तहको परीक्षामा नगरभरिमा स्वस्तिक पाठशाला उत्कृष्ट बनेको छ । कक्षा ८ का विद्यार्थी सहभागी भएको आधारभूत तहको परीक्षामा स्वस्तिकले उत्कृष्ट नजिता ल्याएको हो ।
मिर्चैया नगरपालिकाको परीक्षा समितिले चैत २६ मा सार्वजनिक गरेको नतिजा अनुसार, अन्य विद्यालयबाट विद्यार्थीको ठूलो संख्या अनुत्तीर्ण हुँदा स्वस्तिकले भने झण्डै शतप्रतिशत नतिजा हासिल गरेको छ ।
यस वर्षको आधारभूत तहको परीक्षामा स्वस्तिकबाट जम्मा ६६ जना सहभागी भएका थिए । जसमा ६४ जना उत्कृष्ट अंकसहित उत्तीर्ण भएका छन् । अन्य दुई विद्यार्थीको नतिजा भने प्राविधिक त्रुटिका कारण देखिन नसकेको स्वस्तिकले जनाएको छ ।
विद्यालयका अनुसार, नतिजा नदेखिएका ती दुई विद्यार्थीको केही विषयमा ननग्रेडेड हुँदा अन्य विषयमा भने उत्कृष्ट अंक छ । यस सम्बन्धमा नगरपालिकासँग आवश्यक समन्वय गर्ने काम भइरहेको प्रिन्सिपल लक्ष्मण गिरीले जानकारी दिए ।
मिर्चैया नगरपालिकाका अनुसार, यो वर्षको आधारभूत परीक्षामा नगरभरिका सामुदायिक तथा संस्थागत गरी जम्मा २७ वटा विद्यालय सहभागी भएको थियो । सबै विद्यालयलाई छुट्टाछुट्टै परीक्षा केन्द्र तोकिएको थियो ।